तिहार विशेष – शर्मिला अधिकारि

214

बिराटनगर : दशैं सकिए लगतै आउने तिहार पर्व नेपालीहरुको दोश्रो ठुलो चाड हो । हरेक कार्तिक कृष्ण त्रयोदसी देखी शुक्ल द्धितियासम्म मनाईने यस पर्वलाई यम पंचक पनि भनिन्छ । एक किवदन्ती अनुसार कुनै बेला बहिनी यमुनाले दाजु यमराजलाई यिनै पांच दिन आफनो घरमा राखेर पुजा गरेकी थिइन । त्यसैकै आधार यस पर्वको नाम यमपंचक रहेको हो भन्ने संस्कृतिहरु को कथन छ । तिहार पर्वको पहिलो कागको पुजा हुन्छ । यस दिनलाई आयुर्वेदका प्रवर्तक धन्वन्तरी जयन्तीको रुपमा मनाउने चलन पनी छ । हिजो आज त काग दिवसको नामले परिचित हुन थालेको छ ।

दोश्रो दिन कुकुर पुजा हुन्छ । तेश्रो दिन गाई र धनकी अधिष्ठातृदेवी लक्ष्मीको पुजा हुन्छ । चौथो दिन गोरु तथा गोवर्धन पहाडको पुजा हुन्छ । पाँचौ दिन दिदिबहिनीले दाजुभाईको र दाजुभाई ले दिदिबहिनीको पुजा गर्ने परम्परा चल्दै आएको हो ।

तिहारको पहिलो दिन गरिने काग पुजाको अर्थ कागको सम्मान गर्नु हो । यतिबेला इन्द्रवारुणवायदा चाम्या वै मैऋतास्थतथा वायसा प्रतिगृहन्तु मया दत्तं वलित्विभम् भन्ने मन्त्रले कागलाई बोलाएर दहि भात आदी खाध्यान्न परिकार दिनु पर्ने चलन छ । यसै दिन बेलुका यमराजको नाममा घरको चोक आगन आदी स्थानमा वति वाल्नु पर्ने प्रावधान छ । भोली पल्ट चतुर्दशिको दिन सबेरै विहान शरिरमा तेल विषेश प्रकारले नुहाउने चलन छ ।

यसलाई जनजीवनमा नर्के नुहाउने भनिन्छ । नुहाउनु अधि सिरमा अपमार्ग धुमाएर फाल्नु पर्छ । यस पछि कुकुरको पुजा गरि फुलमाला लगाई मिठा मिठा खानेकुुरा दिने चलन चल्दै आएको छ । तिहार पर्वको तेश्रो दिन अर्थात औंसीको विहान विधी पुर्वक गाईको पुजा गरिन्छ । यसै दिन सांझ दिपावली गरी धनकी अधिष्ठातृ दवी लक्ष्मीको पुजा गरिन्छ । तर तिथी को घटबढले चतुर्दशीकै सांझ लक्ष्मी पुजा गर्नु पर्ने पनि हुन्छ ।

औसीको भोली पल्ट प्रतिपदाको दिन गोरु गोवद्र्धन पर्वत र राजा वलिको पुजा गरिन्छ । यसै दिन नेवार समुदायमा म्हु – आत्मा) पुजा गर्ने चलन छ ।

द्धुतियाको दिन अर्थात तिहार पर्वको अन्तिम दिन दाजुभाई र दिदि बहिनीको पुजा गर्नु अधि दियो, कलश, गणेश, थापी पुजा गरेर पुणधणा माथी तामाको थाली राखी अष्टदल लेखेर यमराज, यमुना, यमुना परिचारीका, यमदुत, सर्यादी नवग्रह , मार्कण्डेय आदी अष्टाचिरन्जीवी आदिको विधी पुर्वक पुजा गरिन्छ । त्यस पछि दिदिबहिनीले आफना दाजुभाई र दाजुभाईले दिदि बहिनीलाई पुजा गरि आफनो गच्छे अनुसार उपहार दिइने प्रचलन छ ।

निसन्देह तिहार पर्व हाम्रो महान सांस्कृतिक पर्व हो तर यसको पृृष्ठभुमीमा जे जती सांस्कृतिक महत्व देखीएका छन त्यो भन्दा पनि बढी वैज्ञानिक महत्व देखा पर्दछ । जस्तो चराहरु भनेका वातावरण सन्तुलनका प्रतिक हुन । कुकुरको स्वामी भक्ती त संसारमा प्रांसिद्ध छ । आफनो मालिक लाई कसरी सुरक्षीत राख्नु पर्छ त्यो कुरा हामीले कुकुरबाट सिक्नु जरुरी छ ।

गाईको पनि त्यतिकै महत्व छ , त्यो मैले लेखीरहनु पर्दैन ।जहाँ मानिसबाट मानीसको सम्मान हुन सकेको हुन्छ त्यहाँ अहिलेको अवस्थामा आधा जस्तो समस्या आफै समाधान हुन्छ ।

शर्मिला अधिकारी

Comments

comments