हरेक वर्ष जस्तै यो वर्ष पनि अमेरिकाको डाइभसिटी भिसा (इडिभी) २०१९ को नतिजा केही सयम पहिला सार्वजनिक भएको थियो  । डिभी विजेता नेपालीहरु सुनौलो सपना देख्दै अमेरिका आउन लालयित बनिरहेका छन् । फेरी २०२० का लागी पनि डिभी कार्यक्रम  खुलेको छ ।  वर्षेनी  डिभी भर्ने र अमेरिका  जाने मोह राख्ने नेपालीहरु प्रशस्तै छन् । स्वदेशमा अध्ययन अनुसारको रोजगार तथा कमाई नहुदा युवा जगतलाई डिभीले तानिरहेको छ । डिभी खुल्दा डिभी भराउने सेन्टरहरुमा देखिने भीडले पनि यसलाई पुष्टि गर्छ । तर डिभी पदैंमा अमेरिका आईहाल्न पाईन्छ भन्ने पनि छैन । विभिन्न प्रकृया पुराएर मात्रै अन्तर्वार्तामा सफल भएपछि बल्ल अमेरिकाको भिसा हातमा पर्छ ।

डिभी एउटा अमेरिकामा वैधानिक रुपमा बस्न र काम गर्न पाउने एउटा सजिलो प्रकृया पनि हो । विभिन्न देशका नागरिकहरुलाई अमेरिकामा कानुनी रुपले स्थायी बसोबास र रोजगार प्रदान गर्न इडिभी १९९५ देखि खुलेको हो । डिभी परेर अमेरिका आउनेहरुले सुरुमै ठूलो सपना देखेर आईयो भने त्यो सोचे जस्तै नहुन पनि सक्छ । डलर रुखमा भटाभट टिप्न पाईन्छ भन्ने सोच बोकेर आईयो भने गलत हुन सक्छ ।  पैसा कमाउनका लागी अमेरिकामा मिहिनेत भने कडा नै गर्नुपर्ने हुन्छ ।  स्वदेशमा आफू के थिए र  कुन तहमा थिए भन्ने कुरा यहँ“ आएपछि सुरुमा  बिर्सनु पर्छ । शुन्यबाट आफनो नया जीवनको सुरुवात गर्नुपर्ने हुन्छ  । नेपालमा गरेको डिग्री यता काम लाग्दैन । फेरी यहा“ पुनः त्यसको अध्ययन गर्नेपर्छ । पढेर राम्रो गर्न सके संभावनाका ढोकाहरु आफै  खुल्छन् ।आफनो क्षमता देखाउन सक्नेहरुका लागी भने यहा“ अवसरै– अवसरहरु छन् । जुनसुकै काम गर्नेहरुको पनि यहा“ उच्च सम्मान छ ।

श्रमको सम्मान भएकै कारण काममा कुनै किसिमको असहजता र हेपाई महसुस गर्नु पदैन । सिस्टममा देश चलेको छ । साना ठुला सबैलाई कानुन बराबर लाग्छ । भेदभाउ छैन । मिहनेत गर्न सके कमाई राम्रो छ । एक साता काम गरिएन भने यहा“ सबै व्यवहार लथालिङ बन्छ ।  बच्चाहरुलाई पढाउन १२ कक्षा सम्म कुनै शुल्क लाग्दैन ।  गगनचुम्बी महल, चिल्ला तथा फराकिला सडक, धुवाधुलो रहित वातावरण, विशाल समुन्द्र र उच्चस्तरको जीवनशैलीकै कारण अमेरिकाले नेपालीहरुलाई तानिरहेको छ ।

Shiva Sharma

यही भएर पनि अमेरिका जो कोहीका लागी पनि सपनाको देशको रुपमा चिनिन्छ ।सरकारका उच्चपदस्त तहमा कार्यरत कर्मचारी देखि डाक्टर, पत्रकार, कलाकार, प्रोफेसर तथा व्यापारी लगायतका नेपालीहरु डिभी परेर अमेरिका आउनेहरु पनि उतिकै छन् ।अमेरिका छिरेपछि भटाभट डलर कमाईन्छ भन्ने पनि महत्वकांक्ष राखेर आउनेहरु सुरुमा यहा“को व्यस्त जीवनशैलीले एकाएक हचकिन्छन् । डिभी परेर अमेरिका आउनेहरुलाई सबैभन्दा पहिला भाषाले पिरोल्छ ।

नेपालमा बोलिने अंग्रेजी लवज  र यताको लवज फिटिक्कै मिल्दैन । भाषा बुझन र बोल्न समय लाग्छ । नेपालमा गफ चुटेर र कुर्सिमा हल्लिएर मात्रै तलब खान बानी परेकालाई यता आएपछि सजिलो छैन । यहा“को नियम अनुसार सातामा पाईने ४० घन्टाको काम दैनिक आठ घन्टा भने मेसिन जस्तै फटाफट गर्नुपर्छ । घन्टा अनुसारको कामको तलब पाइने भएकाले सेकन्ड र मिनेटको हिसाब हुन्छ । नेपालमा तलब महिना दिन कुर्नु पर्छ तर यहा कामको प्रकृति अनुसार साता तथा दुई सातामा आफनो अकाउन्टमा आईपुग्छ । नेपालमा सानातिनो काम गर्दा सानो भईन्छ भन्नेहरुलाई यहा“ आएपछि कामको महत्व राम्रोसंग सिकाउछ । यहा“ म्यानेजर तथा सुपरभाईजरले भुई सफा गर्ने देखि पोछो लगाउने  सबै काम गर्छन् । उनिहरु कुर्सि ताकेर बस्दैनन ।  काम सानो ठूलो भन्ने नै हुदैन । सबैले गर्ने कामको सम्मान छ । कसैले यहा“ फलानोले के काम गर्छ भनेर सोध्दैनन् । डिभी परेर आएकाले सुरुमा सोसल सेकुरुटी तथा ग्रिनकार्डका लागी सम्बन्धीत अफिसमा गएर आवेदन भर्नुपर्छ । १५ देखि महिना दिनसम्म दुवै कागजात हात पर्छ । कागजात तयार हुने अवधी सम्म सवारी चलाउन सिक्नुपर्छ । ड्राइभिङ विना यहा“ काम गर्न र घरबाट बाहिर निस्कन सकिदैन ।

सुरुमा गाडीको लाईसेन्स निकाल्नुपर्छ । ३५ सय देखि ५ हजार डलरमा ‘सेकेन्ड हेन्ड कन्डिसनका’ गाडी किन्न पाईन्छ । यहा“  यो सबै भईसकेपछि कामको खोजीमा लाग्नुपर्छ । यहा“ काम पाइने भनेको  ग्यास स्टोर, सपिङमल, कम्पनी, पिज्जा हाउस, होटल देखि ग्रोसरी स्टोरहरु हुन । सुरुमा आउदा  भरपर्दो मान्छे यहा भएन भने निकै समस्या झेल्नुपर्छ । यहा“ उपचार पद्धति अलि महंगो भएकाले इन्सुरेन्स गरिहाल्नुपर्छ ।  साना बच्चा हुनेहरुलाई आम्दानी हेरेर निशुल्क उपचार ‘मेडीकेट’ व्यवस्था यहा“को सरकारले गरेको छ । डिभी परेर आएकाहरुलाई सरकारले हैन आफैले काम खोज्नुपर्छ ।  सामान्यतः प्रतिघन्टा १० डलर भन्दा माथिको काम यहा पाईन्छ । आफनो कार्यतालिका मिलाएर बिहान बेलुका जुनसुकै समयमा काम गर्न सकिन्छ । यहा“को अर्पाटमेन्ट खर्च अलि मंहगो छ । कमाएको पैसा अर्पाटमेन्ट, इन्सुरनेन्स तथा बिलमा खर्च हुन्छ । यहा खानाका लागी भने खासै खर्च हुदैन । खानेकुराहरु यहा“को कमाई अनुसार सस्तो छ ।  डिभी परेर एक्लै आउने र बच्चा नभएका दम्पत्तीलाई भने उति असजिलो हुदैन । उनिहरुले  भनेको समयमा काम गर्न पाउछन् ।साना बच्चा हुनेहरुलाई भने कामको तालिका मिलाउन हम्मे पर्छ । यहा“को कानुन बच्चाको मामिलामा निकै कडा छ । बच्चालाई एक्लै घरमा छाड्न पाईदैन । विद्यालयमा पनि समयमा छाडने र लिन जानुपर्छ ।  यही भएर श्रीमान श्रीमतिले कार्यतालिका मिलाएर  बिहान र बेलुकाको काम गर्नुपर्ने हुन्छ । कानुन यहा“ सबैलाई बराबर छ । कानुन प्रकृयाको बारेमा समेत यहा“ आएपछि विज्ञता राख्नुपर्छ ।अन्यथा सानो गल्तीले ठुलो सजायको भागीदार समेत बन्नुपर्छ ।अन्यको तुलनामा प्राविधिक विषय पढेर यता आउनेहरुलाई काम पाउन केही सहज छ । पा“च वर्ष अघि डिभी मार्फत अमेरिका आई टेक्ससमा बसोबास गदै आएका दिपक रानाभाट सुरुमा केही संघर्ष गर्नु परे पनि बिस्तारै यहा“को जीवनशैली बुझ्दै जा“दा बसाई सहज हुने बताउछन् ।

नेपालमा कलेजमा अंग्रेजी विषय प्राध्यापन गरेका उनी सुरुमा काम गदै अहिले व्यवसायमा जमेका छन् । ‘डिभी पदैमा सबै सजिलो भईहाल्दैन’उनले भने–‘सुरुमा केही मुस्किल हुन्छ, विचलित नभई अघि बढियो भने सफलता पाउन सजिलै सकिन्छ ।’ सुरुमा भोगिने दुखसंग भिज्न नसक्दा कतिपय डिप्रेसनको शिकार समेत भएका घटनाहरु यहा“ भेटिन्छन् । कतिपय संघर्ष गर्न नसकेर फर्केर पनि गएका छन् ।  डिभी परेर  आउनेहरु नेपालबाट आउदा ठुलो महत्वकांक्ष बोकेर आउछन्, यता आएपछि सुरुमा त्यो पाउैनन् ’एक दशक भन्दा अघि डिभी कार्यक्रम मार्फत अमेरिका आईपुगेका झापाका दिलिप शिवाकोटी भन्छन्–‘संघर्षबाट विचलित भईयो भने यहा डिभी परेर आए पनि टिक्न सकिदैन ।’ उनले भने जस्तै सुरुमा मिहिनेत र संघर्षबाट यहा“ कामदारबाट व्यवसायी तथा राम्रो अध्ययनबाट उच्च ओहोदाहमा पुगेका प्रशस्त नेपालीहरु पनि छन् ।

Comments

comments