–शिव शर्मा चञ्चल

कान्छा ,
बाबुनानीलाई टिका लाइदिएस है । तिमिहरुले पनि लाएस ।’
बडादशैको टिकाको दिन आमा यसै भन्दै फोन गर्थिन । आमाको फोनले परदेशमा दशै आएको आभास हुन्थयो । अमेरिका भासिएपछि दुई वटा दशै आएर गए । दुईवटै दशै साथीभाईसंगको जमघटले स्वदेशतिरको न्यास्रो केही मेटाए जस्तो लाग्थ्यो ।
उता एक्ली आमालाई भने चिन्तै चिन्ता । हामीले टिका लायौ कि लाएनौ । त्यो भन्दा बढी नाती नातीनालाई सम्झी रहेकी हुन्थिन । निधार खाली गरेकी भन्ने लाग्दो होला उनलाई । आमाले यसो भनेर फोन गरिरहदा तिमीले लायौ कि लाइनौ भनेर मैले एकचोटी सोधिन । । मनमा माया भएर पनि कहिल्यै अभिव्यक्त गर्न जानिएन । हुन त देखावटी त बनावटी मात्रै हो । मनकै माया ठुलो माया हो ।
टिका र जमराले निधार भ¥यौ कि भरिनौ आमा भनेर सोधिन । अब त कहिल्यै चाहेर पनि सोध्न पाउदीन आमा । तिमीले टिका लायौ कि लाइनौ भनेर । नया चोली र गुन्यु फे¥यो कि फेरिनौ भनेर । नत तिमीले नै अब फोन गदै सोध्नेछ्यौ ‘कान्छा बाबुनानीलाई टिका लगाइस त ।’ यो पाली मनाएको भए परदेशमा हाम्रो तेस्रो दशै हुन्थयो आमा । छिमेकी साथीभाईको घरमा दशैको बेग्लै रौनक देख्छु । धेरैका बाआमा यतै आएका छन् छोराछोरी र नाती नातीलाई टिका लाउन । खुशी साटासाट गरिहेका छन् । सबैको घरमा दशै आएको छ । रमझम पनि छाएको छ सबैको घरमा । हाम्रोमा त यसपाली चहलपहल केही छैन । इन्द्रेणी रंगहरु पनि सबै फुङ उडेको जस्तो देख्छु आमा । खै त तिमीले पनि फोन गर्न पनि भुल्यौ क्यारे । यसपाली तिम्रो बाबुनानीको निधार खाली छ आमा । हामी पनि रित्तै छौ । सात वर्षकी छोरीले कौतहुल हुदै सोधेकी थिइन– ‘बाबा हामीले किन रातो टिका नलाको ।’
छोरीको प्रश्नले नाजवाफ भए । उसले थाहा नपाउने गरी तप्प झदै गरेको आ“खाको आ“सु पुछे । छोरीलाई दिने जवाफ मसंग थिएन । तिमी त कहिल्यै नफर्किने बाटो भएर धेरै टाढा पुगीसकेकी छौ आमा । तिमी यति छिट्टै हामीलाई छाडेर टाढा जान्छ्यौ भन्ने थाहा पाको भए पोहोरै आउथे नि तिम्रो हातको टिका थाप्न । कमसेकम तिमीलाई भेट्न र देख्न त पाईन्थयो । कति खुशी हुन्थयौ होला तिमी । अब त धेरै ढिला भइसकेछ आमा । हामीबाट टाढा गए पनि संधै आर्शिवाद देउ है आमा । तिमीलाई छाडेर यति टाढा आएको थिए । दुर्भाग्य नियतिले पनि तिमीलाई पनि संधैका लागी हामीदेखि टाढा पु¥याईदियो । म परदेश आएको डेढ वर्षमै तिमीले धरती छाडेर हिड्यौ आमा कहिलै नफर्कने गरी ।

००००००
म परदेशिनु अघिल्लो साल त कति उल्लासमय थियो हाम्रो दशै गाउ“मा । हुन त स्वदेशमै हुदा पनि हामी संगै हुन सकेनौ आमा । तिमी गाउ“मै बस्न रुचाउथ्र्यो । हामी कामले गर्दा सहरिया भएका थियौ । दुख गर्न छाडेकी थिइनौ । भिरपाखा डुल्दै घास दाउरा गरिरहेकी थियौ आमा । पोखरामै हुदा पनि तारन्तार फोन गदै दशैमा अलि छिटो घर आउन भन्थ्यौ । दुई चार दिन अगाडी गाउ पुगेको हुन्थे । हस्याङपस्याङ गदै आगनको ढिलमा उभिएर बाटो हेथ्र्यो । मिठो खट्टेको खाजा खुवाउथ्र्यो छोरो आयो भन्दै । दशैमा घर पुग्दा घर लिपपोत रंंगरोगन गरेर चिरिच्याट्ट पारेकी हुन्थयौ आमा । सबै जमघट हुदा तिम्रा मन दियो झै उज्यालिन्थ्यो । टिकाको अघिल्लो दिन रातभर अनिदो बसेर रोटीका परिकार बनाउथ्र्यो । आगोको राप र धुवाले तिम्रो आ“खाभरी कचरा निस्केको देख्थे । तर पनि तिमीमा बेग्लै खालको उत्साह पाउथे । तिम्रो हातको टिका थाप्न इष्टमित्र घरमा ओइरिन्थे । सा“च्चिकै दशैको अनुभव त्यो बेला हुन्थयो हाम्रो घरमा आमा । माइत पनि नगई छोरी ज्वाईको पखाईमा हुन्थयौ टिका लगाउन । अव त तिम्रो हातबाट टिका लगाउने त सपना जस्तै भइसक्यो आमा । तिम्रो हातको टिका थाप्न अव कोही आउदैन आमा । तिमी गएपछि त त्यो गाउ“को हाम्रो घरमा दशै आउदैन अचेल । घरको लिप पोत र रंंगरोगन पनि छैन । घरको दैलो पनि खुल्दैन । धुरीबाट धुवा पनि निस्कदैन । टिका लगाउन भनेर कोही पनि घरको दैलो टेक्न आउदैनन् । रित्तो घरले तिमीलाई खोजीरहे जस्तो बोलाइरहे जस्तो लाग्छ । आगनभरी तिमीले गुन्द्रिमा थरी थरीका बिस्कुन सुकाउथ्र्यो । चराचुरी भुरुभुरु गदै बिस्कुन खान आइपुग्थे । आगनपनि लेउ झारले घेरेको छ अचेल । अहिले त तिमीले कमाएको खेतबारी पनि बाझै छ आमा । तिमी गएपछि बा“सको झयाङमा संधै बस्ने चरा– चुरी पनि बा“स बस्न छाडीसके रे । तिमीले हिउदमा बाल्न भनेर काटेर थुपारेको दाउरा धन्सारमा थन्किएको छ । ढाडको खाला उर्तिने गरी तिमीले बोकेर ल्याएको दाउरा बाल्नै नपाई तिमी गयौ अनन्त यात्रामा । दुध खान भनेर सानो भैसी बाधेकी थियौ गोठमा । लामो समय दुध पनि खान पाइनौ तिमीले । अहिले गोठ पनि रित्तो छ आमा । तिमी गएपछि सबथोक रित्तिएको छ ।
म गाउ“ फिरेको दिन तिमी कति खुशी होउली भन्ने सोचेको थिए आमा । तर तिमी यो ज्यान परदेशिएको दुई वर्ष पनि नपुग्दै सुटक्क केही नभनी टाढा गईदियौ ।म फर्केर आउन पनि पाइन तिमीलाई भेटन आमा । चरा जस्तै पखेटा भएको त उडदै आउथे होला आमा । तिमी नभएको त्यो एक्लो घरमा अब फर्को जस्तो पनि लाग्दैन ।घरमा पाईला टेक्दा पनि तिम्रा स्मृतिहरुले झनै दुखेको मनलाई घोच्छ होला आमा । खै आमा अब त टेक्दीन होला तिमीले छाडेर गएको घरको त्यो दैलो । रित्तो घरको आगन टेकेको दिन आमा भनेर बोलाउदा पनि तिमीले सुन्ने छैनौ । तिमी बोल्ने छैनौ । सुनसान त्यो घरले मन पनि शुन्य तुल्याउने छ । मत परदेशमै भासिएको छु निस्कन नसक्ने गरि आमा ।घर छाडेर हिडने बेला त भनेकी थियौ– ‘धेरैे समय अर्काको ठाउमा नबस्नु आफनै ठाउ फर्केर आउनु ।’ तिमीले संसार छाडेर जादा त दुई थुगा फुल चढाउन आउन पाइन । प्राण पखेरु उड्दा पानी त खुवाउन पाइएन आमा । न्यास्रो लाग्ने यो परदेशी भुमीमा तिम्रो बियोगले पानी विनाको माछा झै धेरै छटपटाए आमा । परदेशमा बस्ने आमा परदेशीको पीडा यही रहेछ । खै अब झन कहिले फर्कुला र आमा यो दिनरात कुदाइरहने मुलुकबाट उम्केर । कैदीलाई जस्तै मोटो सिक्रीले बा“धेर राखेको छ आमा यो देशले । फुत्केर हिड्न दिदैन । परदेशको दैनिकी कुदाईसंगै उमेर पनि कुदीरहेको छ संगसंगै । सास रहुन्जेल यहा“ यसरी नै कुदीरहनु पर्दो रहेछ आमा । सबै यसरी नै कुदीरहेको देख्छु ।
००००

बाले छाडेर गएपछि तिम्रै त अभिभावकत्व थियो आमा । यति छिटै हामीलाई माया मारेर जाउली भन्ने सोचिएन । धेरै बाच्छ्यौ जस्तो लाको थियो । बिरामी नभई ओछ्यानमै नपरी दम तोडिदियौ । न तिम्रो मुख देख्न पाए न तिमीलाई भेट्न । सात समुन्द्रपारी हुदाको पीडाबोधले आफैलाई चिर्थोन् मन लाग्छ । छातीमा मुड्की बर्जान मन लाग्छ । मन भित्र–भित्रै भक्कानिएर आउछ । तिमीलाई गुमाएर परदेशमा केही जिते जस्तो लाग्दैन आमा । तिम्रो अभाव यति खड्किएको छ कि आमा हरेक पल तिमीलाई खोजीरहेको छु । बा गएको तीन वर्षमै तिमी पनि बाको पछि लागेर गयौ । कति चिना हेराउदै हिड्थ्यौ तिमी जिन्दगीको । ‘त्यो चिनाले तिमीलाई लामो आयु दिएन । बाले त छिट्टै आउछेस मलाइ भेटन भन्नु भाको छ कान्छा ।’ हात हेराएर आएको एक दिन तिमीले यस्तै भनेकी थियौ । मलाई याद छ आमा । मैले त्यस्तो हेराउनेको कुरा पनि पत्ताउने हो भन्दै हपारेको थिए तिमीलाई । आखिर हो रैछ तिमीलाई एक्लै देखेर बाले माया गरेर संगै लिएर गए आमा । बुढेकालको सहारा बाले छाडेपछि तिमीलाई नियतिले एक्लै बनायो । सहारा चाहिने बेला हामीले पनि चटक्कै छाडेर हिड्यौ । तिमीलाई छाडेर लाखापाखा भयौ । संगै बस्न पाएनौ । नियतिले हामीलाई छुट्यायो । फोनमा मैले अब अमेरिका आउनुपर्छ आमा भन्दा तिमीले मनदेखि हुन्छ कहिल्यै भनिनौ । जैले पछि आउला नि कान्छा भन्दै टारिदिन्थयौ । हाम्लाई छाडेर छिट्टै जानु रहिछ र आउन मन गरेकी रहिनछौ आमा ।टेक्ससको डिएफ डब्लु एयरपोर्टतिर पुग्दा नेपालबाट आफना सन्तान भेटन आएका बाआमाहरुको अनुहारमा तिम्रो चेहेरा खोज्छु अचेल । तर कतै तिम्रो चेहेरा देख्दीन आमा । आफना बाआमा कुरिहेका छोराछोरी देख्दा मलाई पनि त्यसरी नै तिमीलाई कुर्न मन लाग्छ ।त्यो कुराई सबै सपना भइदिन्छ । गुडेर बाहेक उडेर जीवनमा कहिल्यै यात्रा गर्न पाइनौ आमा । जहाज चढाएर तिमीलाई समुन्द्रपारीको यो देश ल्याउने कत्रो सपना देखेको थिए । माफ गर आमा म अभागीले पुरा गर्न सकिन । तिमीले त यहा“ सम्म बाटो देखाइदियौ तर तिमीलाई के पो गर्न सकियो र । आखिर देखेका सबै सपना पुरा हुदैनन भन्थे हो रहेछ । मेरा सपनाहरु पनि तिमीसंगै बिलय भएर गए आमा । तिमीलाई सम्झने त अव स्मृतिहरु मात्रै बाकी छन् । कहिलेकाही एकान्तमा टहलिदा तिम्रा स्मृतिहरु कानमा ठोकिन आइपुग्छ्न । सपनामा पनि तिमी आउदै सोध्यछ्यौ–‘कान्छा अब कहिले फर्कन्छस् घर ।अब त केका लागी फर्कु खै ।’ तिमी नै नभएको त्यो घरमा म कसरी फर्कु आमा । नत तिमी नै फर्कन्छ्यौ नत मनै फर्कन्छु होला अब त । तस्विर बाहेक अरु त केही छैन तिमी सम्झने आमा । बस् हिजोआज यो कोठाको भित्तोमा झुन्डिएको तिम्रो श्याम श्वेत तस्विरमा तिमीलाई दिनरात सम्झीरहेको हुन्छु आमा । सम्झीदै गर्दा किताबका पाना झै एक एक गदै तिम्रा स्मृतिहरु पल्टिदै जान्छन् र स्मृतिसंगै आ“खाबाट आ“सुका ढिक्काहरु झरिरहन्छन् अविरल………………………आमा.।

०००००

Comments

comments