भेटिदैन मन वुझ्ने यार अमेरिकामा
पैसामा साट्छ्न आफ्नो संसार अमेरिकामा

आफ्नै छायाँ भेट्पनि गाह्रो गाह्रो हुन्छ
मुटुको पनि लाग्ने गर्छ वजार अमेरिकामा

न रोग भनि रुक्नु छ न शोक भनि सुत्नु छ
आफैले गर्छ आफैलाई अत्याचार अमेरिकामा

हास्दा एक्लै हुन्छु रुदा पनि एक्लै
हतारलाइ हुन्छ सधै हतार अमेरिकामा

 

-बसन्त आचार्य

Comments

comments