सत्तामुखी दलहरुले लत्ताए जनआन्दोलनको मर्म

– शिव शर्मा

निंरकुशसत्ताको पिल्साईवाट दलहरु किनारा लाग्ने संभावना वढदै गयो । राजा र राजावादीहरु जसरी हुन्छ संसदवादी शक्तिहरुलाई ठेगान लगाउने खेल खेल्न थाले । त्यसपछि सात राजनितिक दलहरुले पनि राजाको चालावाजीलाई नजरअन्दाज गर्न पुगे । उनिहरुले अव हामी चुपचाप वस्नु हुदैन । निरंकुशताले अठ्याउन सक्छ भन्ने कुरा उनिहरुले मनन् गरे । हुन त दलहरुले सडकमा राजाको प्रत्यक्ष शासन शुरु भएपछि आन्दोलन नगरेका हैनन् । तर ति आन्दोलनले राजालाई कुनै असर पुगेन ।
बरु राजालाई अझै वलियो हुन मौका मिल्यो । निरंकुश राजतन्त्रको जगजगी मुलुकमा हावी हुदै गयो । दलका नेताहरु माथि निगरानी राख्ने काम मात्र भएन । विभिन्न आरोपमा नेताहरु थुनिने क्रम पनि शुरु भयो । त्यसै गरी जनताका मौलिक स्वतन्त्रताहरु पनि गुम्न थाल्यो । निंरकुश सत्ताको विरुद्ध सात पार्टिहरु जुर्मुराए । ०६२ चैत्र २४ गते चार दिने आम हडतालको घोषणा दलहरुले गरे । दलहरुले आब्हान गरेको आम हडतालमा अप्रत्यक्ष रुपमा नेकपा माओवादीले समर्थन जनायो । दलहरुको चार दिने आम हडताललाई पुर्ण रुपमा निस्तेज पार्न शाही सरकार दलका नेता माथि खनियो । कुनै पनि हालतमा दलहरुको आमहडताल विफल पार्नु पर्छ भनेर शाही सत्ताले आफना आसेपासेहरुलाई ठाडो आदेश दियो । शाही सत्ताले टिका लगाएका टिकेहरु आम हडताल खलवलाउन सुरक्षा निकायहरुलाई परिचालन गर्ने चाजोपाजो मिलाउन थाले । र मुलुकमा वर्वर निरंकुशतन्त्र हावी हुन थाल्यो ।

आमहडतालको पहिलो दिन (चैत्र २४)
आम हडतालको अघिल्लो दिनदेखी नै दलहरुको यो हडताल विफल पार्न शाही सरकारले राजधानीमा निषेधाज्ञ जारी ग¥यो । रातीको समयमा कफ्र्यु लगायो । राजधानीका नाकाहरुमा सवारी आवतजावतमा समेत रोक लगायो ।
अघिल्लो दिन पेशाकर्मिले निकालेको जुलुसमा प्रहरीले हस्तक्षेप ग¥यो । आम हडतालकै पहिलो दिन मुलुकको जनजीवन ठप्प भयो । देशभरी सुरक्षाकर्मिहरु परिचालन गरिए । शाही सत्ताका मतियार वनेका गृहमन्त्री कमल थापा सत्तामा वसेर दलहरुलाई तह लगाउने योजना वुन्न थाले । आमहडतालको पहिलो दिन पार्टिका नेता तथा कार्यकताहरुले देशभरी जुलुस प्रदर्शन गरे । जुलुसमा प्रहरीले हस्तक्षेप गरी नेता कार्यकर्ताहलाई पक्राउ ग¥यो । राजधानीमा मात्रै भएको प्रदर्शनमा ४ सय भन्दा वढी गिरफतार भए । देशभरी नै सात दलका नेताहरुले प्रर्दशन गरे । पहिलो दिनको हडतालवाट शाही सत्तालाई नछोए पनि केही सर्तक भने वनायो । अघिल्लो दिनदेखि गरेको शाही सरकारको योजनालाई दलहरुले केही हद सम्म विफल तुल्याएका थिए । कीर्तिपुरलाई यही दिन दलहरुले लोकतान्त्रिक मुक्तिक्ष्ँेत्र घोषणा समेत गरे ।

आम हडतालको दोस्रो दिन (चैत्र २५)
सातदलको आब्हानमा भएको आमहडतालको दोस्रो दिन दलहरुलाई आन्दोलनमा चिकित्सक,संघसस्था र पेशाकर्मिहरुले पनि साथ दिए । दलहरुको प्रदर्शन दवाउन शाही सत्ताले देश भरी हतियारधारी सेना परिचालन ग¥यो । दलका नेताहरुले आम सर्वसाधारणलाई आन्दोलनमा आउन आब्हान गरे । उता अमेरिकी विदेश सहायक मन्त्री रिचर्ड बाउचरले राजा ज्ञानेन्द्रको प्रजातन्त्र प्रति गरेको उपहासको कडा शब्दमा निन्दा गरे । त्यस्तै अमेरिकी सांसदहरुले पनि राजालाई पत्र लेखी नेपालमा भएको धरपकडको विरोध गरे । राजा ज्ञानेन्द्र र उनले चलाएको निरंकुशतन्त्रको विदेशमा समेत आलोचना हुन थाल्यो ।
शाही सरकारले एकोहोरो धरपकडमा जाइलागि रहयो । कसैको कुरा सुन्ने चेष्टा राखेन । यता दलहरुको प्रदर्शन व्यापक वन्दै गयो । उता फेरी माओवादीले जनआन्दोलनको दोस्रो दिन वुटवल तथा तौलिहवाको सुरक्षा तथा प्रशासनिक निकायमा एक साथ ठुलो आक्रमण ग¥यो । मुलुकको परिस्थिति जटिल वन्दै जादा“ राजा ज्ञानेन्द्र वीरगञ्जमा हिन्दु महासम्मेलनको उद्घाटन गदै थिए । उनलाई मुलुकको अवस्थाको वारेमा अलिकति सम्म पनि चिन्ता थिएन । उनले कमल थापालाई आन्दोलन दवाउन आदेश थिए । आन्दोलन तिव्र वन्दै जादा उता कमल थापा फत्फताए– दलहरुको आन्दोलनको लगाम माओवादीको हातमा गइसक्यो भनेर । यसर्थमा पनि शाही सरकार आन्दोलनको तिव्रताले अत्तालिन थालेको स्पष्ट हुन्थयो । दोस्रो दिन पछि दलहरुको आमहडताले केही फड्को मारी नया गति लिएको थियो ।

आमहडतालको तेस्रो दिन (चैत्र २६)
यो दिन ०४६ साल चैत्र २६ गतेको झझल्को दिलाउने दिन थियो । जुनदिन आम जनताको विजय भएको थियो । राजा वीरेन्द्रले जनताको चाहना वहुदलिय व्यवस्था जनतालाई सुम्पेको घोषणा गरी जनता सामु घुडा“ टेकका थिए । त्यही दिनको स्मरण गदै देश भरी जनताहरु सडकमा उत्रिए । दलहरुलाई साथ दिन जनताहरु सडकमा खनिए । मुलुकका विभिन्न भागमा जस्तै देशको दोस्रो ठुलो प्रमुख शहर पोखरामा पनि हजारौले चैत्र २६ गतेको जनआन्दोलन दिवसको स्मरण गदै व्यापक प्रदर्शन गरिरहेका थिए ।
मध्यान्हको चर्कौ घाममा गोला वारुद लाठी संगै सामना गदै निशस्त्र जनता शाहीसत्ता विरुद्ध शान्तिपुर्ण रुपमा जुलुसमा सहभागि हुुुुुुुुुर्दै थिए । त्यही जुलुसको अग्रिम पंिक्तमा थिए एक हनोहार युवा भिमसेन दाहाल । उनि शाही सत्ता विरुद्ध चर्का नारा लगाउदै महेन्द्रपुल चोकवाट अगाडी वढी रहेका थिए । नत उनी संग साथमा हतियार थियो नत गोला वारुद्ध नै । महेन्द्रपुल स्थित नेपाल टेलिकम टावरको सुरक्षार्थ खटिएका सन्काह सेनाले ताकेर दाहालको कन्चमा गोली वर्षाए । गोली लागेको क्षण भरमै दाहाल सडकमा ढले । उनको रगतले सडक भिज्यो । उनको स्वतन्त्र आवाज संग डराएको शाही सत्ताका सेनाले विना चेतावनी गोली चलाउदा उनको त्यही मुत्यु भयो । उता शाही सत्ता कुर्लियो सार्वजनिक सम्पत्ति क्षति हुनवाट जोगाउन सेनाले वाध्य भएर गोली चलायो ।
काभ्रे स्थायी घर भएका दाहाललाई आन्दोलनकारीले शहिद घोषणा गरे । उनको हत्यापछि पोखरा राती सम्म तनावग्रस्त वन्यो । हत्याको वदला लिन जनता सवै सडकमा खनिए । प्रदर्शनलाई नियन्त्रणमा लिन विहानैदेखि सेनाको एन्टी माइन्ड टैक समेत परिचालन गरीएको थियो । तर पनि जनता खाली आवाज संगै हतियारले मातिएका सेना र प्रहरी संग मुकाविला गरिरहे । उता पोखरामै रहेका राजारानी रत्नमन्दिरवाट विजयपुर सम्म ओहोरदोहोर गरिरहन्थे । राजाकै सवारी चलाउन पृथ्वीचोकमा सुरक्षाकर्मीले आन्दोलनकारीमाथी हवाई फायर र दर्जनौ राउण्ड अश्रु ग्यास प्रहार गरेर सवारी मार्ग क्लियर गरेका थिए । सो क्रममा दजनौ प्रदर्शनकारीलाई निर्मम कुटपिट गरेको थियो प्रहरीले । सेनाको गोलीवाट भिमसेन दाहालको मुत्यु भए पछि आन्दोलनले देशभरी चरम रुप लियो ।

आम हडतालको चौथो दिन चैत्र (२७)
आन्दोलनले उत्कर्ष रुप लिएपछि दलहरुले आम हडताललाई लम्व्याए । आम हडताल सकिने दिनवाट दलहरुको आन्दोलन जनआन्दोलनमा परिणत भयो । अघिल्लो दिन सेनाको गोलीवाट मारिएका भिमसेन दाहालको शव अस्पतालवाटै सेनाले वेपत्ता पारी काभ्रे पु¥याएपछि पोखरा झनै तनावग्रस्त वन्यो । आन्दोलनकारीले दाहालको शव यात्रा निकाल्ने तयारी गरिरहेका वेला झनै तनाव हुने स्थित देखेपछि उनको लास नै गायव पारी पुर्व सुचना विना नै पोखरा उपमहानगरपालिका भित्र स्थानिय प्रशासनले विहान ९ देखि राती ९ वजे सम्म कफ्र्यु आदेश जारी ग¥यो । पोखराकै इतिहासमा दिउसै कफ्र्यु लगाईएको त्यो पहिलो घटना थियो । कफुर्युको अवज्ञा गदै जनताले प्रदर्शन गर्न छाडेनन् । भिमसेन दाहालको हत्यावाट आक्रोसित भएका पोखरेलीहरु हत्याको वदला लिन सडकमा निस्कन छाडेनन् । उता दाहाल कै जिल्ला काभ्रेमा उनको हत्याको विरोधमा निस्केको जुलुसमा प्रहरीले हस्तक्षेप गरी जथाभावी गोली हान्न थाल्यो । काभ्रे मै शिवहरि कु“वर प्रहरीको गोलीवाट क्षणभरमै शहिद भए । उता घरमै वसिरहेकै अवस्थामा सेनाले चलाएको गोलीवाट चितवनमा पनि तुलसी क्षेत्री शहिद वनिन । मुलुक जनआन्दोलनको वलिवेदीमा होमिन थाल्यो । शाही सत्ता आन्दोलन दवाउने नाममा जनता माथि कुर वन्न पछि परेन । दलहरुले आमहडताल जारी राख्ने घोषणा गरेपछि शाही सत्ताको सातो गयो । एकपछि अर्कोे गदै अत्तालिदै गएको निरंकुशसत्ताले दिउसै कफ्र्यु लगाएर सर्वसाधारणलाई सास्ती दिन थाल्यो । संचारको साधन मोवाइल फोन समेत वन्द ग¥यो । जथाभावी गोली वर्षाउन थाल्यो । त्यसको जनताले कडा प्रतिकार गर्न छाडेनन् ।

जनआन्दोलनको पाचौ दिन (चैत्र,२८
जनआन्दोलनमा जनताको जनलहर बढदै गयो । जति जनता सडकमा उत्रिए त्यतिनै सुरक्षाकर्मिदले दमन तिव्र वनाउदै लग्यो । सुरक्षाकर्मिको कुटाईवाट कोही पनि अछुत रहेनन् । विदेशी पत्रकार समेत पिटिए ।
शाही सरकार झनै अन्धो वन्दै गयो । त्यति नै जनता पनि आक्रोसित वन्दै शाही सरकार निर्मुल पार्न ज्यानको कुनै पर्वाह नगरी जनआन्दोलनमा होमिए । कलमजिवी पत्रकारहरुलाई समेत सुरक्ष्ाँकर्मिले तै होइनस् हाम्रो विरुद्ध समाचार लेख्ने भन्दै कुटपिट गर्न थाले । शरीरभरी निलडाम हुने गरी कान्तिपुर दैनिकका पत्रकार वलराम वानिया, गोपाल खनाल र अखिलेश त्रिपाठीलाई प्रहरीले जथाभावी कुटपिट ग¥यो ।
पत्रकार पिटिने क्रम देशव्यापी वन्यो । शाही सत्ताले पत्रकारलाई समेत तारो वनायो । गृहमन्त्री कमल थापा पत्रकारलाई तल्लो स्तरको शब्द प्रयोग गरी यिनीहरुलाई थुन दे सम्म भन्न चुकेनन् । आन्दोलनले उत्कर्ष रुप लिदै गएपछि जनआन्दोलन विथोल्न सैनिक घुसपैठको खेल शुरु भयो । जनताले कफ्र्यु तोडदै ठाउ“ ठाउमा प्रदर्शन गर्न छाडेनन् । अस्पताल नै ठप्प पारी स्वाथ्यकर्मिहरु सडकम ओर्लिए । निजामति कर्मचारी जनआन्दोलनमा समर्थन जनाउदै सरकारको विरोधमा खनिए । ठाउ“ ठाउमा जनताले लोकतन्त्र चोकको घोषणा गरे । उता पर्यटकीय शहर पोखरामा पर्यटक नै सुरक्षाकर्मिवाट निर्घात कुटिए । जापानी पर्यटक टोक्साङ कुटिए पछि लेकसाईडमा राती पर्यटकहरुले शाही सरकारको ज्यादतिको विरोधमा मैनवत्ति जुलुस निकालेका थिए । यस दिन पोखरामा २०४६ सालको भन्दा ठुलो प्रदर्शन थियो ।

जनआन्दोलनको छैठौ दिन (चैत्र २९)
जति शाही सरकार जनता माथि दमन गर्न खनियो त्यति नै जनता जाग्दै गए । जनआन्दोलनको यही दिन थियो काठमान्डौमा नेपाल प्रहरीका एआइजी रुपसागर मोक्तानको घरको झयालवाट आन्दोलनकारी माथि गोली वर्षाइएको थियो । माओवादीले गोली हान्यो भन्दै पं्रहरी निवासवाट यसरी आन्दोलनकारी माथि हानेको गोलीको प्रत्यक्ष प्रमाण कान्तिपुर र कान्तिपुर टेलिभिजनले सप्रमाण पेश गर्दा पनि शाहीसत्ता यसको खण्डन गर्न मै व्यस्त थियो । आन्दोलनका घाइतेहरुको उपचारमा निशुल्क रुपमा खटिएका अमेरिकन डाक्टर ब्राउन माथि सशस्त्रका एसपी माधव थापाले निर्मम लाठी प्रहार गरी घाइते वनाएका थिए । जव की ति डाक्टर आन्दोलनकारीको मात्र नभई घाइते प्रहरीको पनि उपचारमा सलग्न थिए । आन्दोनलनमा अनावश्यक वल प्रयोग गर्ने थापाले यसवाट ठुलो दुर्नाम कमाए । यसरी वहुला जस्तै भएका सुरक्षाकर्मिले जनआन्दोलन दवाउने नाममा अनावश्यक वल प्रयोग गरे । र पनि जनता पछि हटेनन त्यसको मुकाविला गरिरहे । राजधानीमा यो दिन रगतको खोलै वग्यो ।
यता भिमसेनको रगतले पोखरा पनि नताती रहन सकेन । लोकतन्त्र वहालीको माग गदै निस्केको शान्तिपुर्ण जुलुसमा प्रहरीले अन्धधुन्ध गोली चलाउन शुरु ग¥यो । जनताका सामु खाली आवाज थियो । तर पनि शाही सरकारको नुन खाएका खेतालाहरुले मनपरी ढंगले वन्दुकको तुजुक देखाए । यस दिन आन्दोलनकारी माथि वर्षाएको गोली लागेर शिवालय चोक पोखरा निवासी ३२ वर्षिया पार्वती पौडेल र ३४ वर्षिया विष्णुमाया भट्टराई घाईत भए । सोही क्रममा प्रहरीले तस्विर लिइरहेका सञ्चारकर्मिलाई पनि कुटपिट गरेका थिए । आन्दोलनमा सादा पोशाकका कर्मचारी घुसपैठ गराएर आन्दोलन विथोल्न शाही सरकार भरमग्दुर लागी रहेको थियो । आफनै सादा पोशाकका सुरक्षाकर्मिले आन्दोलनकारी वनेर गोली चलाउदै आन्दोलनमा माओवादी घुसपैठको नाटक मञ्च गर्न समेत पछि परेनन् । हरतरहले आन्दोलन दवाउन शाही सत्ता उद्त वन्दै गयो ।

जनआन्दोलनको सातौ दिन (चैत्र ३०)
जनआन्दोलन ले अग्रगति लिदै गयो । सातौ दिनसम्म आइपुग्दा पनि आन्दोलनको आ“धीवेरी चलीरह्यो । वन्दुक देखेर जनता अलिकति पनि विचलित भएनन् । वरु मुलुकमा लोकतन्त्रको वहालीका लागि छाती फुकाएर त्यसको डटेर सामना गर्न अघि वढे । शाही सत्ताका सुरक्षाकर्मिले जनता माथि तातो गोली वर्षाउन भने छोडेनन् ।
शान्तिपुर्ण जुलुसकै क्रममा नवलपरासीमा प्रहरीले जुलुस माथि व्यापक हस्तक्ष्ँेप ग¥यो । प्रहरी हस्तक्षेपमा घाईत साथीको उद्धारमा गएका २९ वर्षिय विष्णु पाण्डे शाही सरकारको वन्दुकको निशाना वने र उनि शहिद भए । उनि एक स्वास्थ्यकर्मि समेत थिए । पाण्डे नवलपरासी र लुीम्वनी अञ्चलकै पहिलो शहिद घोषित भए ।
यसरी शाही सत्ताको गोली लागेर निशस्त्र जनता ढलिरहे । निरंकुश शासक जनता ढलेको लाई आफनो विजय सम्झिरहयो । लामो समयदेखि पोखरामा वसेका राजारानी यही दिन काठमान्र्डा सवारी भएका थिए । आन्दोलन दवाउन सेना र प्रहरीले वल प्रयोगको माध्यम अपनाउन कुनै कसर वाकी राखेन । र आम जनता पनि सवै छोडेर आन्दोलनकै मोर्चामा अगि वढीरहे ।

जनआन्दोलनको आठौ दिन (चैत्र ३१)
आन्दोलनकारीको उपचारमा सलग्न भएकै कारण अमेरिकी डाक्टर ब्राउन लाई शाही सत्ताले एकाएक देश निकाला गरेर आफनो वहादुरी देखायो । उनले के कसुर गरे थाह छैन । उनि यति गरे आन्दोलनकारी साथै घाइते सुरक्षाकर्मिलाई निशुल्क उपचारमा सहयोग गरे । यसरी सहयोग गर्नु शाही सत्ताले कसुर ठान्यो र एक विदेशी सहयोगीलाई देश निकाला ग¥यो । जुन कार्यको देशव्यापी विरोध भयो । यस दिन राजधानीको गोगवु क्षेत्र निकै तनावग्रस्त वनको थियो । आन्दोलनकारी र सुरक्षाकर्मि वीच ठुलो झडप भएको थियो । नेपालमा वढदै गएको अस्थिरता देखेर विदेशीहरुले आफना नागरिकहरुलाई आफनो देश फिर्ता वोलाउने क्रम शुरु भयो । यति हुदा पनि राजा ठसको मस भएनन । अझै जनतामाथि राज जमाइरहे । जनता पनि राजाको कुशासनको विरुद्ध चुप लागेनन । यस दिन पोखरामा पनि गाउ गाउवाट जनता शहर पसे र विशाल जनप्रदर्शन गरे । यस दिन भने सुरक्षाकर्मि विशाल जनलहर देखेर तर्सिए । सधै हस्तक्ष्ँेप गर्नै सुरक्षाकर्मिहरु रमिते वनेर हेरिरहे ।
यही दिन मुस्ताङका पुर्व सांसद ओमप्रकाश गौचन र उनकी पत्नी देउकुमारीको हत्या भएको थियो । गौचन दम्पत्तिको कोवाङ गाविस वडा नंवर सातस्थित आफ्नै घरमा वुधवार राती अज्ञात समुहले हत्या गरेको हो । उनी केहीदिन अघि राजधानीबाट लोकतान्त्रिक आन्दोलन संचालनका लागि गृहजिल्ला गएका थिए ।

जनआन्दोलनको नवौ दिन (वैशाख १)
जनआन्दोलन जारी रहेकै वेला राजाले नया वर्षको अवसर देशवासीका नाममा संवोधन गरे । जुन संवोधनले जनभावनालाई कुनै कदर गरेको थिएन । केवल राजाले दलहरुलाई शान्तिको मुलधारमा आउन आव्हान मात्र गरेका थिए । राजाको भाषणलाई फोस्रो आडम्वर र आन्दोलन तुहाउने प्रपन्च भन्दै दलहरुले आन्दोलनलाई थप शसक्त वनााउने उदघोष गरे ।
हुन पनि राजाको भाषणमा दलहरुलाई अप्रत्यक्ष रुपमा कटाक्ष गरिएको थियो । जुन भाषण अर्थहीन र जनआन्दोलनको मर्मलाई संवोधन गरेको थिएनन। । राजाको भाषणमा अल्मिलिने फुर्सद कसैलाई थिएन ।
सवै निरंकुश राजतन्त्रको समुल नष्ट गर्न उज्यालो लोकतन्त्रको वहालीका लागि एकाहोरो आन्दोलनको मैदानमा थिए । जनतालाई पनि राजाको भाषणको कुनै पर्वाह भएन । उल्टै नेताहरुलाई राजाको भाषणमा नफस्न उनिहरुले खवरदारी गरे । संयुक्त राष्ट्र सघका महासचिव कोफी अन्ननाले राजालाई जनताको पक्षमा निर्णय गर्न सुझाव दिए । तर राजाले त्यसलाई लत्याए र जनतामाथि दमन गर्न आफना मतियार कमल थापालाई उक्साए । राजासंग साखिल हुन कमल थापाले जथाभावी गोली ठोक्न आदेश दिए । जनताले वारम्वार वन्दुकको प्रतिकार गरिरहे । आन्दोनमा महिला केटाकेटी पनि स्वतस्फूर्त रुपमा उत्रिए । यता पोखरा पनि आन्दोलनमा पछि थिएन । विहान उज्यालो भएदेखि राती सम्म निरंकुशतन्त्रको विरुद्ध नारावाजी गदै प्रदर्शन गरिरहे । आन्दोलन देखेर थकित भएका भिजिलान्तेहरुले एमाले लेखनाथ नगर ईञ्चाज शालिग्राम पौडेल र सह ईञ्चार्ज पुष्पज्योति ढुंगानाको निवासमा विहीवार मध्यराति आक्रमण गरे । सैनिकको दसी स्वरुप फेला परेको टोपी उनिहरुले संचारकर्मि सामु प्रस्तुत गरेका थिए । ।

जनआन्दोलनको दशौ दिन (वैशाख २)

दशौ दिन सम्म आइपुग्दा पनि जनआन्दोलन पछि फर्किएन । झन हरेक तह र तप्कका जनता भिन्न तरीकाले आन्दोलनको मैदानमा उठे । यस दिन पनि आन्दोलनकारी र सुरक्षाकर्मि बीच भिडन्त भने भइरह्यो । सुरक्षाकर्मिको वर्वतर दमनवाट आन्दोलनकारी अंगभंग र घाइते भने यो दिन पनि उतिकै भयो । राजाको विरुद्ध र पनि उच्चारण गर्न नपाइने त्यो जर्जर शासनको मुक्तिका लागि जनताले खुलमखुला राजा र राजंसस्थाको विरुद्ध चर्का नारा जुलुस गरे । लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ जनता कसै सामु डगेनन ।
पोखरामा पनि पहलिो पटक संस्थागत रुपमा लोकतन्त्रको माग गदै पोखरा उद्योग वाणिज्य संघ सडकमा उत्रिए । संघ यसरी सडकमा उत्रिएको पो पहिलो पटक थियो । उता म एचआइभी सक्रमित हु“ भने घोषणा गर्ने देशकै पहिलो नारी पोखराकी अप्सरा कोइराला समेत आन्दोलनमा आन्दोलनको नेतृत्व गदै घनघोर नारा वर्षाउदै अघि वढीन । आन्दोलनमा हरेकको समान सहभागिता होस भनेर कास्कीको.लेखनाथ चैनपुरका नारायणदत्त अधिकारीले गाउभरीका गाइभैसी चराएर गाउलेलाई आन्दोलनमा पठाएका थिए । यस दिन पनि राजाको सम्वोधनको देश व्यापी विरोधको लहर सृजना भएको थियो । नया वर्षको उपलक्ष्यमा राजावाट राम्रो सन्देश आउने अपेक्षा गरेका जनताले फोस्रो आडम्वार वाहेक केही भएन ।

जन्आन्दोलनको एघारौ दिन (वैशाख ३)

जन्आन्दोलनको एघारौ दिन राजधानीको कलंकी क्षेत्रमा विशाल प्रदर्शन भएको थियो । सेनावाट वाटोमा हिडेका वैकका कर्मचारी, विद्यालयका प्रिन्सिपल महिला केटाकेटी पनि जथाभावी पिटिए । उच्च प्रहरी अधिकृतहरुले आन्दोलनकारी माथि दमन तिव्र पार्न गंभीर घाइते वनाउन हाकाहाकी निर्देशन दिन थाले । सवै सरकारी कर्मचारीहरु सरकारको विरोध गदै कार्यालयमा ताला ठोकेर जनआन्दोलनमा मिसिए ।
दलहरुको आन्दोलनले चरम रुप लिदै गएपछि अत्तालिएका राजाले अमेरीका चीन र भारतका राजदुत संग भेट गरेका गरे । आन्दोलनले गति लिदैगएपछि डगमगाएको शाहीसत्ताले संकटकाल लगाउने वारेमा गुहमन्त्रालयमा वैठक वस्यो । आन्दोलन निस्तेज पार्न मण्डली मन्त्रीहरु वीच मन्त्रालयमा लामो कुराकानी भयो । संकटकाललाई अन्तिम अस्त्र भन्दै उनिहरुले अहिलेलाई चक्रपथ क्षेत्रलाई सभा जुलुस गर्न नपाउने भन्दै निषेधज्ञ क्षेत्र घोषित गरे । सरकारी कफ्र्युको समेत पर्वाह नगरेका जनतालाई त्यो निषेधज्ञले केही गरेन । उनिहरु सरकारी निषेधज्ञको अवज्ञा गरेर छाडे । जनताले राजधानीका अधिंकाश भाग आफनो कब्जामा लिइ लोकतान्त्रिक क्षेत्र घोषणा गरेका थिए ।
जनआन्दोलनको बाहै दिन (वैशाख ४)
आन्दोलनको मुस्लो निस्कीरहेको थियो । राजका खेतालाहरु त्रसित भइरहेका थिए । निशस्त्र आवाजले उनिहरुको सातो लिएको थियो । यस दिन पनि एउटा योद्धा जसले आन्दोलनको कमान्ड गरिरहेका थिए । जुन आन्दोलनले शाही सत्ताको विरोध गदै वारा जिल्लाको निजगढ वजार थर्काइरहेकोे थियो । तर आन्दोलन शान्तिपुर्ण रुपमा अघि वढीरहेर्कै वेला कृषि विकास वैकको छतमा रहेका सेनाले एकाएक आन्दोलनकारी माथि गोली वर्षाए । उक्त गोली सिधै आएर निजगढ–२ वागदेवका २८ वर्षिय हीरालाल गौतमको कम्मरमा लाग्यो ।
निरकुशता विरुद्ध शंखनाद गदै अघि वढेका गौतम त्यही शहिद वने । लोकतन्त्रका लागि उनले आफनो जीवन उत्सर्ग गरे । उनको मुत्यु संगै निरंकुशता विरुद्धको आन्दोलनले झनै प्रलयकारी मोड लिदै गयो । देशभरी जनता लोकतन्त्र जिन्दावादको नारा घन्काउदै गए । उता जनआन्दोलनको लहर देखेर सुस्ताउदै गएका राजा ज्ञानेन्द्रले राजनितिक पार्टिका नेताहरु संग परामर्श लिन शुरु गरे । सुर्यवहादुर थापा र कुष्णप्रसाद भट्टराई संग राजावाट परामर्श लिने रोलक्रम शूरु भयो । यो परामर्श पनि उचाईमा पुग्दै गएको जनआन्दोलनको अगाडी छायामै प¥यो । यसले पनि राजालाई उकुसमुकुस वनाएको यथार्थ छर्लङ्ग हुन्थयो ।

जनआन्दोलनको तेहै दिन (वैशाख ५)
निरकुश राजतन्त्र ले कूरता प्रदर्शन गर्न छाडेन । जनताको आवाजलाई पटक्कै सुनेनन । उल्टै जनता माथि दमनको निति अख्तियार ग¥यो । यस दिनपनि जनआन्दोलनको ऐतिहासिक प्रदर्शन भए मुलुकका विभिन्न भागहरुमा ।
त्यही प्रदर्शनको क्रममा नेपागञ्जमा आन्दोलनमा सहभागि हुदै आएकी २५ वर्षिया सेतु विक सुरक्षाकर्मिले प्रहार गरेको दर्जनौ अश्रुग्या“स लागेर वेहोस भइन । वेहासकै क्रममा उपचारका लागि भारतको लखनऊ तर्फ लग्दै गर्दा उनको वाटोमै मृत्यु भयो । उनलाई पनि आन्दोलनकारीले जनआन्दोलनको शहिद घोषण गरे ।
उनि सहित दशौ हजारको जुलुसले निर्माणधिन ज्ञानेन्द्र चोक भत्काउन प्रहरी सग मुकाविला गरेका थिए । सो झडपमा आधा दर्जन भन्दा वढीलाई गोली लागेको थियो । तर सेतु विक भने अश्रग्यास लागेर शहिद वनिन । यो दिन पोखरामा पनि प्रदर्शनकारी माथि सुरक्षाकर्मिले अन्धाधुन्ध गोली तथा सयौ राउन्ड अश्रुग्यास तथा लाठी प्रहार गरेका थिए । कयौ आन्दोलकारीहरु सुरक्षाकर्मिको पं्रहारवाट सख्त घाइते र अंगभंग भए ।
उता शाही भक्तहरु राजाका विरुद्ध वोल्नेलाई खोजी– खोजी हप्की धप्की दिदै कडा कार्वाही गर्ने चेतावनी दिन थाले । अमेरीकी राजदुत मोरीयार्टि संग शाही सरकारले राजाको विरुद्ध टिप्पणी गरेको भन्दै स्पष्टीकरण मागेको थियो ।

जनआन्दोलनको चौधौ दिन (वैशाख ६)
आन्दोलनको चौधौ दिन सम्म आइपुग्दा पनि शाही सत्ताका खेतालाहरुले जनतामाथि गोली वर्षाउन छाडेनन् । हतियारले उन्मुक्त भएका सेनाले फेरी झापाको चन्द्रगढीमा सुरज विश्वासको ज्यान लियो । सेनाले निशस्त्र जनता माथि यसरी नै निशाना लगाउदै गयो ।
शोकलाई शक्तिमा वदल्दै जनता वर्वर सत्ताको विरुद्ध संघर्षको मैदानमा निक्लिरहे ।
आन्दोलनकारीहरुले उपत्यकाको रिङरोड क्षेत्रलाई घेरा हालेर व्यापक प्रदर्शन गर्ने दिन थियो आज । व्यापक जनलहर सृजना हुने देखेपछि शाही सत्ताले विहान २ वजे देखि राती आठ वजेसम्म कर्फयु लगायो ।
आन्दोलनको कार्यक्रमवाट अत्तालिएको शाही सत्ताले गोली हान्ने ठाडो आदेश ुसेनालाई दियो । र पनि जनता कुनै डर नमानी आन्दोलनमा निस्किए । तीन महिने नजरवन्दवाट एमालेका महासचिव माधव कुमार नेपाल यसै दिन रिहा भए । नेपालको राजनितिक अवस्थाको अनुगमनको लागि काठमान्डौ आएका भारतीय प्रधानमन्त्रीका विशेष दुत करणसिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा भारतको समर्थन हुने वताएका थिए । नेपालको विषम परिस्थितिको अनुगमनका लागि विदेशी शक्तिहरुको नेपाल आउने क्रम वढदै गयो ।

जनआन्दोलनको पन्ध्रौ दिन (वैशाख ७)
यस दिन सुरक्षाकर्मिको मनपरीले सिमा नाघ्यो । प्रदर्शनकारी माथि मुलुकका विभिन्न भागमा ताकी ताकी गोली ठोक्न थाले । यही दिन सशस्त्रका एसएसपी दुर्जुनकुमार राईको गोलीवाट काठमान्डौ स्युचाटारमा पद्युम्न खड्काको ज्यान गयो ।
सेनाले हानेको गोलीवाट कलंकीमा वासु घिमिरे, सगुन ताम्राकार र दीप विश्वकर्माको ज्यान गयो । यी कलकलाउदा युवाहरु राक्षसी सुरक्ष्ाँकर्मिहरुको तारो वने र लोकतान्त्रिका आन्दोलनका शहिद घोषित भए ।
यसै दिन गुलरियामा जिल्ला प्रशासन कार्यालय स्थित राधाकृष्ण चोकमा प्रहरी र आन्दोलनकारी बीच झडप हुदा“ यामप्रसाद लामिछानेको पेटमा गोली लागी मृत्यु भयो । यसरी आफनो र आफनो परिवारको कुनै पर्वाह नगरी आन्दोलनमा होमिएका उनिहरु देशका लागि शहिद भए । तानाशाहीको गोली लागेर शहिद हुनेको सख्या यसरी नै वढदै गयो । जनआन्दोलन पनि शहिदको रगत संगै चरम चुलीमा पुग्दै गयो । उता राजा पनि आन्दोलनको गतिले सशंकीत वनेपछि पुर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री वन्नका लागि आग्रह गरे । तर भट्टराईले भने राजाको आग्रहलाई लत्याए । त्यसपछि राजाले प्रधानन्याधिस दिलिप कुमार पौडेल संग संसदपुर्नस्थापनाको सम्वन्धमा छलफल समेत गरे । उता भारतिय प्रधानमन्त्रीका विशेषदुत करणसिंहले पनि राजासंग भेट गरी राजनितिक निर्णय लिन अनुरोध गरेका थिए ।

जनआन्दोलनको सोहै दिन (वैशाख ८)
राजाले जनआन्दोलन चर्किरहेकै वेला दलहरु माथि अर्कोै चारो फाले । देशवासीको नाममा दोस्रो पटक शाही घोषणा गरे । सम्वोधनका क्रममा राजा ज्ञानेन्द्रले जनताको नासो जनतालाई फर्काएका र्छाै भनेर जनता सामु नजिक हुने चेष्टा गरे । र दलहरुलाई प्रधानमन्त्रीको नाम सिफारिस गर्न राजाले पदको लालसा देखाए । आफुले कार्यकारिणी अधिकार फिर्ता लिएको समेत घोषणा गरे । प्रधानमन्त्रीको लागि दलहरुलाई दर्खास्तको आव्हान गर्ने राजा ज्ञानेन्द्रले जनआन्दोलको क्रममा अहिले सम्म शहिद भएका र घाइते भएका प्रदर्शनकारी को नाम समेत उच्चारण गरेनन् । उल्टै जनता माथि जाइलाग्ने सुरक्षाकर्मिको मनोवलको तारिफ गरे आफनो संचारगृह मार्फत ।
जनताले फेरी पनि राजाको चालावाजी वुझिसकेका थिए । त्यही भएर राजाको यो खेलमा नफस्न जनताले सात पार्टिका नेताहरुलाई खवरदारी गरे ।सामान्ती राजतन्त्रको अन्त्य चाही रहेका जनताले उल्टै राजाले जनतालाई गुमराहमा राख्न यस्तो घोषणा गरे । जनता पनि के कम राजाको उक्त सम्वोधनलाई वेवास्ता गदै शाही घोषणा धोका हो नेताहरु होसियार भन्दै शाही घोषणा लगत्तै सडकमा नारावाजी गर्न पुगे । यही पर्वतमा प्रहरीको गोलीवाट गोविन्द प्रसाद शर्मा घाइते भए । ज्ञानेन्द्रको सम्वोधनलाई सवैले प्रतिगमन लम्बयाउने चालावाजी भएको वताए । माओवादी अध्यक्ष प्रचण्डले एक विज्ञप्ती मार्फत शाही घोषणालाई घृणा पुर्ण खारेज गरेका ठहर गरे ।

जनआन्दोलनको सत्रौ दिन (वैशाख ९ )
राजाले अघिल्लो दिन गरेको कपटपुर्ण शाही सम्वोधनको विरुद्ध देशभरी व्यापक विरोधको लहर शुरु भयो । शाही सम्वोधनलाई ठाडै अस्विकार गदै राजधानीका लाखौ जनता सडकमा खनिए । राजाको सम्वोधनवाट आक्रोशित जनताको जुलुस सिधै नारायणहिटी तर्फ सोझिन थालेपछि सेनाले जथाभावी गोली चलाउन थाल्यो । गोली लागी करीव एक सय जना आन्दोलनकारीहरु घाइते भए । शाही घोषणा धोका हो भन्र्दै जनता जागी रहे । नेताहरुलाई पनि राजाको जालमा नफस्न सडकवाटै जनताले खवरदारी गदै गए । सातदलका नेताहरुले पनि राजाको घोषणालाई इन्कार गरेको संयुक्त निर्णय कोइराला निवासमा वसेको संयुक्त वैठकले गरेको थियो । शाही घोषणाको विरुद्ध स्वदेशमा मात्र हैन विदेशमा छरिएर रहेका नेपालीहरुले पनि शाही घोषणा धोका भन्दै विरोध जनाए । शाही सरकारको जनआन्दोलन तुहाउने अर्को षडयन्त्र पनि जनताको खवरदारी र चनाखो संगै समाप्त भयो । यसरी राजाको चालावाजी एक पछि अर्को गदै फेल खादैै गयो र जनताले क्रमश विजय हासिल गदै गए । राजाको शाही घोषणा स्वय निरकुशवादीहरुलाई नै आफनै नासो गलाको पासा सावित भयो ।

जनआन्दोलनको अठारौ दिन (वैशाख १०)
जनआन्दोलनको अठारौ दिन सम्म आइपुग्दा पनि शाही सरकारले जनता माथि धरपक्कड गर्न छाडेन । शाही सत्ताका प्रहरी प्रमुख सहवीर थापा र श्यामभक्त थापाले आन्दोलन दवाउन आफना सुरक्षाकर्मिलाई गोली हान्न आदेश दिन थाले ।
उता इतिहासमै पहिलो पटक हिमाल जिल्ला मुस्ताङको जोमसोममा लोकतान्त्रिक गणतन्त्रको पक्षमा विशाल प्रदर्शन गरे । देशभरी ठाउ“–ठाउ“मा शाही शासनको विरुद्ध विद्यार्थीहरुले नमुना जनमत संग्रह गरी राजतन्त्रलाई चुनौती नै दिए । र लोकतान्त्रिक गणतन्त्रको पक्षमा अभिमत जाहेर गरे
यता पोखरामा नगरपालिकाकै कर्मचारीले उपमेयर जयलाल पुन र उनका सहयोगीलाई कार्यलयवाटै लगारे । यसरी शाही सरकारका टिकेहरु लखेटिन क्रम मुलुकमा अन्य भागमा पनि सुचारु भयो । आन्दोलनमा नउत्रने कोही भएनन् । राजा र राजाका भरौटे मात्र आन्दोलनको विरोधी भए । शाही सरकारको नुन खाएको सेना र प्रहरी अलिकतिसम्म पनि संवेदनशिल वन्न सकेकनन् । जनतामाथि खनिरह्यो । सरकारी कर्मचारी सवै लोकतान्त्रिक गणतन्त्रको पक्षमा उभिए । सवैतिर वाट उर्लिएको व्यापक जनलहर देखेपछि शाही सत्ताको सातो उडयो । यता आन्दोलनमा दवाउन भरमग्दुर रुपमा लागिरहेका प्रहरीहरु सवै कूर छन् भन्ने भनाई लाई चुनौती दिदै पोखरामा एक प्रहरी हवलदारले जनआन्दोलनका घाइतेहरुको सहयोगार्थ आफनै पोसाकमा रक्तदान गरेर देखाइदिए । यसवाट उनले लोकतान्त्रिक आन्दोलनमा आफनो समर्थन रहेको जगजाहेर गरेका थिए ।

जनआन्दोलनको उन्नाइसौ दिन (वैशाख ११)
यो दिन आम नेपाली जनताका लागि एउटा ऐतिहासिक दिनको रुपमा रहन पुग्यो । राजा ज्ञानेन्द्र जनताको आन्दोलनवाट तर्सिए । र उनले जनता सामु आत्मसमर्पण गरे ।
उनले जनता सामु घु“डा टेके । राती ११.३० वजे राजा ज्ञानेन्द्रले शाही घोषणा मार्फत जनताको पक्षमा फैसला गरी संसद पुर्नस्थापना गरिदिए । जनताको तागतलाई वन्दुकको वलमा मिच्न सकिदैन भन्ने कुरा राजा र उनका मण्डली समुहले वुझे । अझ दलहरुले भोली अर्थात वैशाख १२ गते काठमान्डौवाट २० लाख मान्छे उतार्नै तयारी गरिरहेका वेला राजतन्त्रको आत्मवल गिरेको थियो । त्यही भएर त्यो जनलहरले राजतन्त्रलाई धराशयी पार्नै त हैन भनेर निरंकुशतन्त्र तर्सियो । यदि राजाले मध्यरराती यो निर्णय नलिएको भए ठुलो दुर्घटना हुने निश्चित थियो । वारकी पारको आन्दोलनको त्यो नै अन्तिम विन्दु थियो । त्यही त्रासका कारण राजाले राती नै संसदपुर्नस्थापनाको घोषणा गरेका थिए । राजाले हारे्पछि उनले जनताको पक्षमा निर्णय गर्न वाध्य भए । राजाले संसद पुर्नस्थापना गरेको घोषणा गरेको लगत्तै मध्यरातमै मुलुकका विभिन्न भागमा विजय जुलुस निस्किए । यो जीत कसको जनताको भन्दै मध्यरात देखि नै विजयउत्सव मनाउन थालियो । ‘संसद पुर्नस्थापना किन, सविधान सभाको चुनाव गराउन,सविधान सभाले के दिन्छ, लोकतान्त्रिक गणतन्त्र र शान्ति दिन्छ,’ भन्दै जनआन्दोलन सफल भएको भोलिपल्ट देशव्यापी रुपमा जनता अविर जात्रा गदै हर्षोउल्लास मनाउन थाले । अझै पनि जनताले नेतालाई खुट्टा नकमाउन आग्रह गदै खवरदारी गरे । गाउ“–गाउ“वाट ऐतिहासिक जनआन्दोलन सफल भएकोमा विजय जुलुस मनाउन सर्वसाधारणहरु नारा जुलुस लागाउदै शहरमा आउन थाले । यो जीतले जनतामा एउटा नया विहानीको उज्यालो किरण थपेर छाड्यो ।

निष्कर्ष
यसरी उन्नाइस दिनको लामो जनसंघर्ष पश्चात मुलुकमा राजाको शासन गर्लम्म ढल्यो । राजाले जनताको शक्तिलाई राम्रो संग दृष्टिगत गरे । जनतालाई संधै रैती वनाएर आफु मालिक वन्ने राजाको सपना तुहिन पुग्यो । जनता देशका मालिक हुन भन्ने कुरा आत्मसाथ नगर्दा नै राजाले जनतासामु हार्नु प¥यो । थोरै ढिलो गरेर भएपनि षडयन्त्रको पासा मिल्काउदा मिल्काउदै अन्त्यमा आएर राजाले जनताको पक्षमा फैसला गरेर बुद्धिमता अपनाए । नत्र निश्चित थियो राजधानीमा उत्रने त्यो २० लाखको जनलहरले राजा र राजतन्त्रको जग नै भत्काई छाडने थियो ।
सात राजनितिक दलहरुले शुरु गरेको आमहडताल यसरी जनआन्दोलनको रुप धारण गरी यो विन्दु सम्म पुग्ला भनेर सायद राजनितिक दलहरुले यो कल्पना गरेका थिएनन् । यदि त्यो आमहडताल जनआन्दोलन नवनेको भए दलहरु यो विन्दु सम्म पुग्ने थिएनन यो निश्चित थियो । राजाको अत्याचारी शासनवाट पटक पटक धोका खाइसकेका जनता बाध्य भएर सडकमा उत्रिए । राजनितिक दलहरुले विगतको गल्तीलाई आत्मआलोचना गरी अगाडी बढलान् भनेर जनताले उनिहरुलाई साथ दिए । त्यही भएर दलहरुको आन्दोलन जनआन्दोलनमा परिणत भएर सफल भइछाडयो । यो उन्नाइसे दिन जनआन्दोलनको क्रममा २१ जना नेपाल आमाका सपुतहरुले जीवन उत्सर्ग गरे । कयौ अंगभंग भएर घाइते भए । आज उनिहरुको योगदान को कदर राजनिति दलहरुबाट हुन नसकेको जनगुनासो बढेको छ ।
जनआन्दोलन सफल भई गणतन्त्र स्थापना भएपछि दलहरु पालै पालो सरकारमा गए । सरकारमा गएपछि उन्नाइस दिने जनआन्दोलनको क्रममा जनताले गरेको वलिदानलाई चटक्कै विर्सिए । आफै भित्र खिचतानीको खेल शुरु गरे । जनआन्दोलनको मर्म विपरीत हिडेका छन् । मुलुकलाई तहसनहस पारेका छन् । सत्ता टिकाउने बाहेक दलहरुले उपलब्धीमुलक काम गर्न सकेका छैनन । जनआन्दोनलको मर्म र सहिदको सपना साकार पार्ने तर्फ लागेनन् भने दलहरुले ति ज्ञात अज्ञात सहिदबाट कहिल्यै माफी पाउने छैनन ।

चेतना भया

Comments

comments