एक पखेरो गुराँसलाइ निचोरेर
तिम्रो सिउदोको राजमार्गमा
सुदुर भविश्यको
क्यानभास कोर्न भन थियो
तर तिमिले रंगहरु संग
पारपाचुके गरेको पनि
दर्जनौ साँझहरु भएछन
रंगहरु बटुलेर इन्द्रेनी वनाउन तिमलाइ
कहिल्यै रहर लागेन ?

 

विहान सवेरै
क्षितजको योनिमार्ग हुदै
आकाश र पृथ्वीको विचवाट भएर
जन्मिएको
अन्जुलि भरीको प्रकशालाई
तिम्रो छातिको मैदान भरी
खुसिका प्लटहरु बनाएर विच्छ्याउन मन थियो
तर के गर्नु ?
तिमिले विहानी र उज्यालो संग
वोल्न छोडेको पनि कयौ विहान भैसकेछन
विहानलाइ वोकेर
वेलुका सम्म यात्रामा निस्कन
तिमिलाइ कहिल्यै रहर लागेन ?

महासागरको गहिराइ सम्म पुगेर
टिपेका मोतिका दानाहरुले
सगरमाथाको उचाइ जस्तै
आलिसान तिम्रो शुन्दरतालाइ
श्रृंगार्न मन थियो
तर के गर्नु ?
शौन्दर्य,श्रृंगार र प्रेम संगको घृणाले
तिम्रो मुटु ढुंगा जस्तै भएको रहेछ
तिमिलाइ आफ्नो अनुहार एनामा हेर्न कहिल्यै रहर लागेन ?

 

पूर्णीमाको
मध्यरातको
जूनलाइ टपक्क टिपेर
ताज जस्तै तिम्रो शीरमा
पहिर्याइदिन मन थियो
तर के गर्नु
तिमले आफ्ना भौतिक चाहहरको
शीर छेदन गरेको
दर्जनौं वसन्त भइसकेछन
तिमले कहिल्यै उर्वसी,मेनका र गोपिनिहरुको
कथा सुनेनौ ?

मेरा ईन्द्रिय हरुले साहेदै बुझ्नेछन
सन्यास ग्रहण गरेर
आकाश, पृथ्वी र पातालमा
समाधिस्त
कुनै फकीर जोगि जस्तो
तिम्रो मौनता र तृप्ती ।

Comments

comments