शिव शर्मा

समय खुम्चिएछ । र्निनिमेश म झस्किन्छु । वास्तविकता के हो म निक्यौल गर्न सक्दीन । आजभोलि सपना होस या विपना यही आभाष पाएको छु । यसलाई विडम्वना भनौ कि के भनौ । सवैजना यही देख्छन् । यही भोग्छन् । अहिले यही रुपमा मानवहरु खुम्चिएका छन् । मुलुक खुम्चिएको छ । हिफाजत गर्ने माउ नभए पछि खुम्चनु र साघुरिनुमा कुनै विभेद छैन । वास्तविकता अन्धकार छ । वस्ती अध्यारो छ । उज्यालो खोज्नु मरुमुमिमा पानी खोज्नु जस्तै भएको छ । यही विवस्तामा कसैले कसैलाई ठम्याउन सकेको छैन । यसको फाइदा लुटनेहर लुटिरहेका छन् । उनिहरु मौका यही नै हो भन्दैछन् । एक हुल अपरिचित अनुहारहरुले वारम्वार जिस्काउन आउछन् । अनि भन्न थाल्छन्– यहाँ जे गरे पनि मनपरी छ । हामीले जे गरे पनि हुन्छ । लुट मच्चाउनेहरु यसो भनेर कहिल्यै थाक्दैनन् र थाकेका पनि छैनन । यही नियती भोग्न विवश छन् जनता । कल्पिदा छाती चर्किन्छ । मुटु थर्किन्छ । चु वोल्न हुदैन । अन्याय अत्याचार चुपचाप सहनु पर्छ । अहिले धेरैलाई यही वानी परेको छ । किन किन अहिले वोल्न डर छ । नवोले पनि डरै छ । के गर्ने के नगर्नै अन्यौलता कायमै छ । आफनो पीडा आफैले कैदी वनाएर राख्नु परेको छ । यस्तो निरंकुशता र तानशाही कहिले सम्म वोल्न नसक्ने र नपाउनेहरु यही प्रश्न गर्छन् । इतिहासमा नभोगेको कालखण्ड अहिले भोग्नु परेको गुनासाहरु छताछुल्ल भएका छन् ।
आज पछि भोलि हुने हो होइन यही चिन्ता छाएको छ । जन्मने सन्ततिहरुलाई जन्मनु नै वेअर्थ लागिरहेको छ । जन्मेर यो धरतीमा उप्लब्धि शुन्य भएको आभाष हुन थालेको छ । यी यस्तै विलखवन्दले मानवजनिन युग अन्त्य हुन लागेको त होइन एक किसिमको भयले आक्रान्त पनि पारेको छ । थरथर कापेर हिडनु पर्ने वाध्यत्मक स्थिति सृजित भएको छ । यो लेखक भित्र अनेकौ प्रश्नहरु उब्जिन्छन् । कर्तै यो युगले परिवर्तन चाहेको त होइन । परिवर्तन चाहनु नराम्रो होइन । केवल कस्तो खालको परिवर्तन हो । त्यसैमा भर पर्ने कुरा नै हो । शुन्य र मुर्दा परिवर्तन कसैलाई पनि स्वीकार्य छैन । परिवर्तन चाहदैमा कसैले पनि मानवयुगको अन्तय चाहदैन । धरतीको युगिन अन्त्य चाहदैन । परिवर्तन आखिर अन्त्य हुनका लागि हैन । परिवर्तन मानव जीवन र परिवेशमा वहार ल्याउने हुनुपर्छ । सवैको यसमा होस्टे मा हैस्से पनि छ । अन्त्य भन्ने शब्दावलि कसैका लागि हुनु हुदैन । यस्तो चाहनेहरु वास्तवमा मानव हुन सक्दैनन । उनिहरु त नरसंहारकारी कहलिने छन् । कसैका लागि लोकप्रिय हुन सक्दैनन पनि । यो यर्थाथ हो । मानवहरुको एकत्रित स्वरलहरी पनि हो ।

तर अहिले नियति यस्तै भइरहेको छ । सवैलाई छटपटी भइरहेको छ । न आड न भरोसा छ । तिर्खा र क्रन्दनले धरतीमा हाहाकार छाउन थालेको छ । अहिले धरतीमा पानीको अभाव खडकिएको छ । एक थोपा पानीको विकल्पमा काकाकुल वन्नु परेको छ । कसैले कसैको रोदन सुन्न सकेका छैनन । सुन्न चाहिरहेका पनि छैनन । वुझन पनि चाहिरहेका छैनन् । यो विडम्वना भोग्नु परेको छ धरतीवासीहरुले । कस्तो दोधारे स्थिति छ यहाँ हास्न खोज्नेहरु समेत हा“स्न पाइरहेका छैनन । रुनेहरु वरु रोइरहेका छन् । ओठमा लगाम लगाइएको छ हा“स्न खोज्नेहरुलाई । ताला ठोकिएको छ । नाइकेहरु मस्त छन् यतिवेला । आफै अविराम भुकीरहेका छन् । उनिहरुको भुकाइमा कुनै दम छैन । एकलौटी लेख्नेहरुले त केके लेखिरहेका छन् । उनिहरुको भुकाइ र लेखाइमा कुनै सत्यता उद्घाटित हुदैन । हाम्रो राज्य हामी जे पनि गर्न सक्छौ भन्ने घमन्ड गरिरहेका छन् । सेन्सरसीप र कार्वाहीको धम्की पनि दिन्छन् । कोही चाही चाकडी गरेर अरुलाई धम्काउने वहाना झिक्दै छन् । यही छ यहाका नाइकेहरुको ताजा खवर । कति घिनलाग्दो प्रवृत्ति उजगार गरेका छन् । शरम लाग्छ उनिहरुको व्यवहार हेर्दा र सुन्दा । शासन र रासन भर्दा ठिक्क हुनेहरुलाई अरुको चासो र सरोकार कहाँ हुन्छ र । यो त सदियौ देखि फैलिएको महामारी रोग पनि हो । यो रोग अहिले आएर अझै वढी झयाङ्गिएको छ । दुस्चक्रको परिवन्दमा फसेका अवोधहरुको यहा कुनै अस्तित्व छैन । यही भोगाइमा पिल्सिएका छन् स्वतन्त्रता चाहनेहरु र अस्तित्व वचाउनेहरु । सवैलाई ढुङ्गा वनेर अठ्याउने खोज्नेहरुले आफनो अन्त्य आफैले निम्त्याइरहको कुरा भेजामा नलिनु दुखको कुरा नै मान्नुपर्छ हैन र ।

raipurashiva@gmailcom

Comments

comments