Sunday, December 16, 2018

About Us

हाम्रो मुलमन्त्र, स्वतन्त्र र निष्पक्ष

अहिले बिश्व जगत संचार र प्रविधिका कारण अत्यन्त नजिकिएको छ, फलस्वपरुप क्षणभरमै कुनै एक कुनाका समाचार, सुचना तथा खवरहरु लिखित दस्तावेजका रुपमा होस् वा श्रब्यदृष्यका माध्यमबाट होस, जुनसुकै स्थान तथा कुना काप्चामा बसेर पढ्न, हेर्न र आफु अनुकुल अनुभुत गर्न सहज भएको छ । त्यसैले त यो युग हाम्रा लागि प्रविधिसंगको सामिप्य युग बनेको छ, जहाँ हामी हाम्रा समाचार लेख्छौं, समुदायलाई जोड्छौ र देशलाई चिनाउँछौं अनि सगर्व भन्छौं ‘सबैका समाचार सबैका बिचार’

गर्छौ खोज, लेख्छौ बिचार

काम कर्ममा सदैव सत्य

भिन्न धार, हाम्रो समाचार

निष्पक्ष, पारदर्शि र तथ्य

यहि  वाक्यांशको सार र घेराभित्र रहेर आम पाठक, दर्शक तथा श्रोताहरुलाई सत्यतथ्य, निष्पक्ष र समायनुकुलका सूचना, जानकारीसंगै समाचार पस्कने उद्देश्यले सन २०१५ बाट अमेरीकी भुमिमा विजारोपण भएको युएसखवर डट कम क्रमशः अंकुराउँदै, हुर्कदै, बढ्दै, फैलिदै अहिलेको अवस्थासम्म आइपुगेको छ । प्रवासमा रहेर नेपालीपन र राष्ट्रियताको सुगन्धलाई नेपाल र भिन्न भुगोलका समुदायमाझ बिस्तारित गर्दै आइरहेको युएसखवर डट कम यर्थाथतः यहाँहरुको माया, सद्भाव र पवित्र प्रेमले नै अहिलेको उच्चता चुम्न सफल भएको हो । यहि सफलता र समस्त पाठक तथा दर्शकहरुको आत्मियताले युएसखवर टिम अझ बलियो बनेको छ, उद्देश्य अनुसार अझ स्तरीयताका लागि निरन्तर अघि बढीरहेको छ ।

अन्तमा, बिश्व जगतका सुचना तथा समाचारलाई नविनतम शैलीबाट दु्रत र निष्पक्ष प्रकाशन प्रशारण गर्दै आइरहेको युएसखवर डट कमले अहिलेका विषयलाई यथावत राखेर बिस्तारै अझ पाठक अनुकुलका समाचार, श्रब्यदृष्यलाई कार्ययोजनामा राखेको छ । यसका लागि अनन्तकालसम्म यहाँहरुको साथ, सुझाव र मार्गदर्शन रहिरहने अपेक्षा गर्दै जस्तोसुकै परिस्थिती आएपनि यहाँहरुको मायारुपी कवचले हटेर होइन डटेर सामना गर्ने प्रण गर्दछौं । युएसखवर परिवार सबैका समाचार सबैका विचार समाचार, श्रब्यदृष्य तथा बिस्तृत जानकारीका लागि :

इमेल: uskhabar@gmail.com

फेसबुक पेज: https://www.facebook.com/USkhabar

सम्पर्क नंः 9843706089